कामना सेवा विकास बैंकले केएस इन्स्टा नामक एक नवीनतम अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ।
ग्राहकहरुले बैंकको वेबसाइटमार्फत केही मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा एक लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने बैंकले जनाएको छ।
उच्चतम ब्याजदरसहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष निःशुल्क मोबाइल र इन्टरनेट बैंकिङको सुविधा पनि छ।
बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाइभ कार्यक्रमका बीच बैंकका अध्यक्ष सुदिप आचार्यले यो खाताको शुभारम्भ गरे।
उक्त कार्यक्रममा बैंकका सञ्चालक विश्वेशवर सुवेदीको पनि विशेष उपस्थिति थियो।
कामना सेवा विकास बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, एक एक्सटेन्सन काउन्टर, ६६ वटा एटीएम एवं सोसियल मिडिया बैंकिङ प्लेटर्फममार्फत ग्राहकहरुलाइ विविध किसिमका वित्तीय सेवा तथा सुविधाहरु प्रदान गदै आइरहेको छ।

प्रतिक्रिया