कारोबार


कतारका सबै श्रमिकलाई अब महिनाको २७५ डलर न्यूनतम तलब

कतारका सबै श्रमिकलाई अब महिनाको २७५ डलर न्यूनतम तलब

एजेन्सी
चैत ९, २०७७ सोमबार १०:३१,

कतारमा रहेका सबै कामदारले अबदेखि प्रतिमहिना तलब न्यूनतम दुई सय ७५ अमेरिकी डलर पाउने भएका छन् ।

खाडी देश कतारले शनिबारदेखि प्रस्तावित उक्त न्यूनतम तलब कार्यान्वयनमा ल्याएको हो।

कतारले श्रमसम्बन्धी कानुन संशोधन गर्दै न्यूनतम तलबको सीमा बढाएको एएफपीले जनाएको छ। कतारमा सन् २०२२ मा विश्वकप फुटबल आयोजना हुँदै गर्दा सबै श्रमिकको न्यूनतम तलब बढाइएको हो।

यो तलब अगस्ट ३० बाट नयाँ श्रम सम्झौता भएका सबै कामदारको हकमा अनिवार्य लागू हुनेछ भने अहिले रोजगार सम्झौता भएकाहरुको हकमा पनि अनिवार्य भएको छ ।

नयाँ तलबमानअनुसार घरेलुसहित सबै कामदारलाई पूर्णकालीन कामको प्रतिमहिना तलब एक हजार रियाल अर्थात् दुई सय ७५ अमेरिकी डलर रोजगारदाताले दिनुपर्नेछ । पूर्णकालीन काममा कामदारले प्रतिघण्टा कामको लागि १।३० अमेरिकी डलर पाउनेछन् । यसबाहेक रोजगारदाताले श्रमिकलाई कि ओछ्यानको व्यवस्था गर्नुपर्ने कि भने थप आठ सय रियाल प्रतिमहिना अतिरिक्त रकम खानालगायतको लागि दिनुपर्नेछ ।

यसअघि अस्थायी न्यूनतम तलब प्रतिमहिना सात सय ५० रियाल अर्थात् दुई सय छ अमेरिकी डलर रहेको थियो । कतारी सरकारी समाचार संस्थाले जनाएअनुसार त्यहाँको श्रम मन्त्रालयले नयाँ न्यूनतम तलबमान शनिबारदेखि कार्यान्वयनमा आएको घोषणा गरेको हो ।

तर श्रमिकको पक्षमा वकालत गर्दै आएको समूह माइग्रेन्ट राइट्सले भने नयाँ तलबमान पनि निकै कम भएको र यसले कतारको उच्चस्तरीय जीवनयापनलाई नदेखाउने भन्दै आलोचना गरेको छ । यता कतारको श्रम मन्त्रालयले भने तलबमानमा भएको परिवर्तनले स्थानीय अर्थतन्त्रमा लगानी बढाउने र आर्थिक वृद्धिमा योगदान पुग्ने बताएको छ ।

‘यस क्षेत्रमा गैरभेदभावपूर्ण न्यूनतम तलबमान लागू गर्ने कतार पहिलो देश हो जुन देशको श्रम कानुन संशोधनको ऐतिहासिक शृंखलाको एक भाग हो’, अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ०ले कतारी सरकारको निर्णयलाई स्वागत गर्दै भनेको छ, ‘चार लाखभन्दा धेरै अर्थात् निजी क्षेत्रको २० प्रतिशत श्रमिकले यसबाट प्रत्यक्ष फाइदा पाउनेछन् ।’ सन् २०२२ मा विश्वकप फुटबल गराउन छनोट भएयता कतारले शृंखलाबद्ध रुपमा रोजगार कानुन संशोधन गर्दै आएको छ ।

कतारमा लाखौँको संख्यामा विदेशी आप्रवासी श्रमिकले काम गर्ने गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad