रुपन्देहीको तिलोत्तमा स्थित योगीकुटी हाटबजारमा माछापुुच्छ्रे बैंकले क्युुआर कोड सेवा सुुरु गरेको छ।
बिहीबार नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक सुुदिप फुुँयालले उक्त स्थानमा क्युआर कोड सेवा सुरु गरेका हुन्।
उक्त क्युआर कोड सेवा सुरु भएसँगै उपभोक्ताले उक्त हाटबजारबाट आफूले खरिद गरेका दैनिक उपभोग्य वस्तुजस्तै तरकारी, फलफूल तथा लत्ताकपडाहरुको रकम क्युआर कोडबाट भुक्तानी गर्न सक्नेछन्।
आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्नेलगायतका थुप्रै सुविधा प्राप्त हुनेछ।
क्युआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ। यही कुरालाई मध्यनजर गर्दै माछापुुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रामक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुुच्छ्रे बैंकले हालै मात्र नेपाली कमर्सियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ।
अन्य डिजिटल सेवाहरुजस्तै मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइनमार्फत खाता एवं मुद्दती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ।
प्रतिक्रिया