कारोबार


करदाताको संख्या ३८ लाख २५ हजार पुग्यो, ७ महिनामै ४ लाख ८८ हजारले बढे

करदाताको संख्या ३८ लाख २५ हजार पुग्यो, ७ महिनामै ४ लाख ८८ हजारले बढे

नेपालखबर
चैत ५, २०७७ बिहिबार ६:५१,

स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको कुल संख्या ३८ लाख २५ हजार ९ सय ४६ पुगेको छ।

यो संख्यामा असारमा ३३लाख ३७ हजार ४ सय ९२ रहेको थियो। असार देखि माघ सम्ममा ४ लाख ८८ हजार ४ सय ५४ले बढेको हो।

कुल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख १८ हजार ९३३ (३९.७ प्रतिशत), व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २२ लाख ९९ हजार ३ सय ९(६०.१ प्रतिशत) रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ७ हजार ७ सय ४ (०.२ प्रतिशत) पुगेको छ।

यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ७८ हजार ६ सय २४ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ७ हजार ८ सय ४५ पुगेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad