समाज


मुस्लिम समुदायका ४५ वटा थर फेला, थप अध्ययन गर्दै आयोग

मुस्लिम समुदायका ४५ वटा थर फेला, थप अध्ययन गर्दै आयोग

नेपालखबर
चैत २, २०७७ सोमबार ९:१,

राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचिकृत गर्ने भएको छ।

मुस्लिम समुदायभित्र विभिन्न थरहरु रहेका कारण समुदायलाई पहिचान गर्न समेत गाह्रो भएको भन्दै मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचिकृत गर्ने भएको हो।

सोमबार राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको वार्षिक प्रतिवेदन २०७६-०७७ को विषयमा सञ्चारकर्मीसँग भेटघाट गर्दै आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने बताएका हुन्।

थर सुचिकृत गर्नको निम्ति आर्थिक वर्ष २०७६-०७७ मा मोरङ, सुनसरी, सप्तरी, पर्सा, बाँके र पाल्पामा अध्ययन समेत भएको उनले बताए। हालसम्म ४५ वटा थर फेला पारेको र थप अध्ययन गरेर सार्वजनिक गर्ने उनको भनाई छ।

राष्ट्रिय मुस्लिम आयोगले २०७६-०७७ मा मुस्लिम समुदायको जनसंख्या बढी भएका ११ जिल्लाका ९१ जना महिला र ७५ जना पुरुष गरी १ सय ३१ जनालाई सिलाई कटाइ तालिम, ब्युटीपार्लर तालिम तथा सवारी साधन मर्मत तालिम प्रदान गरेको जनाएको छ।

त्यसैगरी ५२ जनालाई लोकसेवा तयारी कक्षा सञ्चालन गरेको अध्यक्ष अन्सारीको भनाई छ। मदरसाको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरको अध्ययन गरी मोरङ, सुनसरी, रौतहट, पर्सा, दाङ र स्याङ्जाका २ सय ३६ मदरसा सम्बन्धी तथ्यांक र सुचनाहरु संकलन गरिएको पनि उनले बताए।

मदरसामा पढ्दै गरेका विद्यार्थी छात्राहरुलाई बाहिरको सरकारी तथा नीजि विद्यालयमा पढ्दा पोशाकको असहजता भएको भन्ने जनगुनासोको सम्बन्धमा छात्राहरुलाई सहज हुने पोशाक लगाउन बातावरण बनाइदिन शिक्षा मन्त्रालयलाई अनुरोध गरेको पनि उनले जानकारी दिए।

आर्थिक वर्ष २०७६-०७७ मा आयोगलाई प्राप्त भएको ५ करोड ६ लाख ८३ हजार ६ सय २८ रुपैयाँ मध्ये २ करोड ५१ लाख ६४ हजार ९ सय ९४ रुपैयाँ ९२ पैसा खर्च भएको आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad