राजनीति


ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे बुटवलमा यसो भने प्रचण्डले

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे बुटवलमा यसो भने प्रचण्डले

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार ८:९,

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिए पनि सधैँ समर्थन भने नगर्ने बताएका छन्।

आइतबार बुटवलमा आयोजित अगुवा कार्यकर्ता भेलालाई स्म्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीको कदम र प्रवृत्तिलाई आफूहरुले प्रतिगामी भनिसकेका कारण सरकारलाई सधैँ समर्थन नुहने बताएका हुन्।

‘हामीले केपीको प्रवृत्तिलाई प्रतिगामी र प्रतिक्रान्तिकारी भनिसकेपछि ओलीको सरकारलाई सधै समर्थन गरिराख्ने भन्ने कुरा हुँदैन’, प्रचण्डले भने, ‘तर हामीले अहिलेसम्म समर्थन फिर्ता लिएका छैनौँ।’

उनले माओवादीले समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनुपर्ने बाध्यता आउने बताए। उनले ओलीले विश्वासको मत लिए एक वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने बताए।

‘हामीले समर्थन फिर्ता लिनेबित्तिकै ओलीले विश्वासको मत लिने बाध्यता त आउछ तर विश्वासको मत हासिल गरे भने एक वर्षसम्म अविश्वासको प्रस्ताव राख्न पाइँदैन फेरि’, प्रचण्डले भने।

उनले ओलीले राज्यसत्ताको दुरुपयोग गरेको बताए। उनले ओली जनता समाजवादी सांसद फुटाउन लागिपरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad