कारोबार


वर्ल्ड इकोनोमिक फोरमको योंग ग्लोबल लिडर सूचीमा छनोट भए नेपालका निर्वाण चौधरी

वर्ल्ड इकोनोमिक फोरमको योंग ग्लोबल लिडर सूचीमा छनोट भए नेपालका निर्वाण चौधरी

नेपालखबर
फागुन २६, २०७७ बुधबार १५:४७,

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वर्ल्ड इकोनोमिक फोरमको योंग ग्लोबल लिडर्स (वाईजीएल) क्लास २०२१ मा छनोट भएका छन्।

फोरमले हरेक वर्ष सार्वजनिक गर्ने योंग ग्लोबल लिडर्समा सन् २०२१ का लागि उनी छनोट भएका हुन्। यो वर्ष छनोटमा परेका १२१ जनामध्ये चौधरी पनि परेका हुन्।

वाईजीएलमा छनोट भएपछि चौधरीले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘वर्ल्ड इकोनोमिक फोरमले योंग ग्लोबल लिडरका रुपमा मलाई छानेकामा निकै सम्मानित भएको छु।’

यो ग्रुपमा फरक समुदाय र उद्योग क्षेत्रबाट प्रतिनिधित्व हुने ४० वर्षमुनिका व्यक्तिहरु छनोट हुन्छन्।

विश्वमा भर्खरैको कोरोना महामारीविरुद्ध चालेको कदम, प्रणालीगत असमानताविरुद्धको लडाइँ, स्वास्थ्य प्रणालीमा भिन्नता, आर्थिक अधोगतिविरुद्धका कार्य र शिक्षाको डिजिटल रुपान्तरणलगायतका क्षेत्रमा तदारुकताका साथ काम गर्ने युवा व्यवसायीहरुलाई छनोट गरिएको फोरमले जनाएको छ।

दक्षिण एसियाबाट भारतकी एम्बाइबकी संस्थापक तथाा प्रमुख कार्यकारी अधिकृत अदिति अवस्थी, पाकिस्तानकी सांसद मालिका बोखारी, भारतकै बोल्यान्ट इन्डस्ट्रिजका प्रमुख कार्यकारी अधिकृत श्रीकान्त बोला, भारतकै रिभिगोकी सहसंस्थापक गजल कलरा, भारतकै बोरोसिलका प्रबन्धनिर्देशक श्रीवर खेरुका, बंगलादेशका क्रिकेट खेलाडी माश्राफे बिन मोराताजा, भारतकै नाफा क्यापिटलका प्रबन्धनिर्देशक आमेय प्रभु, भारतकै बीटी ग्रुपका ग्लोबल चिफ (सूचना प्रविधि) हृदय रविन्द्रनाथ, भारतकै तेक महिन्द्राका हितेश बाधवा पनि योंग ग्लोबल लिडर्समा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad