ad ad

कारोबार


सेञ्चुरी बैंकले मनायो दशौं वार्षिकोत्सव, थप दुई शाखा उद्घाटन

सेञ्चुरी बैंकले मनायो दशौं वार्षिकोत्सव, थप दुई शाखा उद्घाटन

नेपालखबर
फागुन २६, २०७७ बुधबार १२:३९,

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सव विभिन्न कार्यक्रमकासाथ सम्पन्न गरेको छ।

दशौं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले १० वर्षअघि ‘सरल बैंकिङ सबैका लागि’ भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक ठूलो र मजबुद बैंकका रुपमा अघि बढिरहेको उल्लेख गरे।

उनले बैंकले दोहोरो अंकको वृद्धि गरी सेयरधनीलाई उच्च प्रतिफल, बैंकमा संस्थागत सुशासन कायम राख्ने र कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा बैंकका संचालकहरु सुनिल कुमार न्यौपाने, मनबहादुर राई र प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले शुभकामना सहित मन्तव्य राखेका थिए। सो कार्यक्रममा दश वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा पु-याएको योगदानको उच्च मूल्यांकन गर्दै बैंकका ५४ जना कर्मचारीहरुलाई सम्मान स्वरुप कदरपत्र प्रदान गरियो।

दशौं वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष श्रेष्ठले काठमाडौंको गौरीघाट र बालाजु शाखा अनलाईनमार्फत औपचारिकरुपमा उद्घाटन गरे। आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२२ शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ र ८८ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। बैंकको चुक्तापूँजी ९ अर्ब ३ करोड रहेको छ भने ८७ अर्ब ७० करोड निक्षेप परिचालन गरी ७३ अर्ब ८८ करोड ऋण प्रवाह गर्न सक्षम भएको छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विर्तामोड शाखाले नेपाल रेडक्रस सोसाईटी झापासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम ७५ जनाले रक्तदान गरेका थिए। बैंकले वानेश्वर शाखामार्फत निःसहाय सेवा केन्द्र मिनभवन काठमाडाैं र बनेपा धुलिखेल शाखा मार्फत उज्यालो महिला समाज बनेपालाई एकएक थान डेक्सटप कम्प्युटर हस्तान्तरण गरेको छ।

त्यसैगरी सुर्खेत शाखाले पाटन दरबार सुर्खेतमा मेटलस्टयाण्ड सहितको डस्टविन वितरण, दैलख शाखाले सरस्वती वृद्धाश्रम दैलेखमा मेटलस्टयाण्ड सहितको डस्टविन वितरण गरेको छ।

चोरमारा शाखाले जनता माध्यामिक विद्यालय मध्यविन्दुका विद्यार्थीको सहज पठनपाठनका लागि ३५ वटा कुर्सी वितरण, विराटनगर शाखाले रात्री निम्न माध्यामिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, झुम्का शाखा मार्फत श्री पशुपति माध्यामिक विद्यालय रामधुनी सुनसरीमा ८ देखि १० कक्षा सम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता तथा विद्यालयमा खानेपानी व्यवस्थापनमा सहयोग प्रदान गरेको छ।

टिकापुर शाखाले स्थानीय ऐतिहासिक शिव मन्दिर सरसफाई तथा रङरोगन कार्य सम्पन्न गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .