राजनीति


रघुजी पन्तविरुद्ध कोमल वलीले हालिन् मुद्दा

रघुजी पन्तविरुद्ध कोमल वलीले हालिन् मुद्दा

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ८:३९,

आफूविरुद्ध अमर्यादित टिप्पणी गरेको अभियोगमा राष्ट्रिय सभाकी सदस्य कोमल वलीले साविक नेकपाका नेता रघुजी पन्तविरुद्ध मुद्दा हालेकी छन्।

वलीले मंगलबार काठमाडौं जिल्ला अदालतमा गालीबेइज्जती मुद्दा दर्ता गराएकी हुन्।

पन्त र वली दुवै साविक नेकपा तथा सर्वाेच्च अदालतको फैसलापछि भर्खरै ब्युँतिएको एमालेका नेता हुन्।

पन्तले केही दिनअघि भाषण गर्ने क्रममा लामो समयदेखि पार्टीमा योगदान दिएका नेतृले अवसर नपाएको तर वली पिडुँला देखाउँदै पोइल जान पाम भनेका भरमा सांसद बनेको टिप्पणी गरेका थिए।

जसका कारण नेता पन्तको व्यापक आलोचना भइरहेको छ।

पन्तले आफू महिलाको सम्मान गर्ने व्यक्ति भएको तर बोल्ने क्रममा जिब्रो चिप्लिएको भनेर सार्वजनिक रूपमा माफी पनि मागेका थिए।

तर पनि आफ्नो मानमर्दन हुने गरी नीच अभिव्यक्ति दिएको भन्दै गायिकासमेत रहेकी ओलीले नेता पन्तविरुद्ध मुद्दा हालेकी हुन्।

याे पनि :  रघुजी पन्तले ‘पिँडुला देखाएर सांसद बनेको’ भनेपछि कोमल वलीको गम्भीर आपत्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad