कारोबार


साउदी अरेबियाको तेल भण्डारमा आक्रमणपछि आकाशियो कच्चा तेलको मूल्य

साउदी अरेबियाको तेल भण्डारमा आक्रमणपछि आकाशियो कच्चा तेलको मूल्य

नेपालखबर
फागुन २४, २०७७ सोमबार ७:५३,

कच्चा तेल ब्रेन्ट क्रुड फ्युचरको मूल्य सोमबार आकाशिएको छ।

आइतबार यमनको हुथी विद्रोहीले साउदी अरेबियाको मुटु मानिने तेल उद्योगमा आक्रमण गरेको थियो। त्योसँगै ब्रेन्ट क्रुड फ्युचर प्रतिब्यारेल ७० अमेरिकी डलर माथि पुगेको रोयटर्सले जनाएको छ।

कोरोना महामारी सुरु भएयताकै यो उच्च मूल्य हो। त्यस्तै अमेरिकी कच्चा तेलमा पनि आक्रमणको प्रभाव परेको छ। अमेरिकी कच्चा तेल दुई वर्षयताकै उच्च भएको हो।

ब्रेन्ट क्रुडको मूल्य सन् २०२० जनवरी ८ यताकै उच्च हो।

अमेरिकी तेल वेस्ट टेक्सस इन्टरमेडिएट अप्रिलका लागि १.४७ अमेरिकी डलर प्रतिब्यारेल बढेर ६७.५६ अमेरिकी डलर पुगेको छ। यो भनेको सन् २०१८ अक्टोबरयताकै उच्च हो।

अमेरिकामा राहत प्याकेज दुवै सदनमा पारित हुनु, चीनको अर्थतन्त्र लयमा फर्किनुलगायत कारणले पनि तेलको मूल्यवृद्धिमा सहयोग गरेको बताइएको छ।

यमनको हुथी विद्रोहीले साउदी अराम्कोसहितका तेल भण्डारहरुमा ड्रोनमार्फत आक्रमण गरेका थिए। रियादले यसलाई विश्व ऊर्जा सुरक्षामाथिको धावा भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad