तर ओपेकले भारतको महँगी कम गर्नुपर्ने अपिललाई नजरअन्दाज गरिदिएको छ।
गतवर्ष कच्चा तेलको मूल्य कम थियो र भारतले सोहीबेला किनेको तेल प्रयोग गर्नुपर्ने ओपेकमा आवद्ध साउदी अरबको भनाइ छ।
साउदीका उर्जामन्त्री प्रिन्स अब्दुलाजिज बिन सलमानले भारतले गतवर्ष सस्तो मूल्यमा पुग्दो कच्चा तेल खरिद गरेको बताएका छन्।
इकोनोमिक टाइम्सका अनुसार अब्दुलाजिजले भनेका छन्,‘म हाम्रो मित्रलाई यो भन्न चाहन्छौं कि उसले गतवर्षको अप्रिल, मे र जुन महिनामा खरिद गरेर भण्डारन् गरेको तेल निकाल्नुपर्छ।’
भारतले कच्चा तेल महँगो हुँदा आफ्नो अर्थव्यवस्थामा असर पुगेको बताएको छ।
पीटीआईका अनुसार भारतले गतवर्षके अप्रिल र मेभित्र १६.७१ ब्यारेल कच्चा तेल खरिद गरेको थियो।

प्रतिक्रिया