गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलले निर्माणाधिन लाप्राक नमूना बस्तीको निरीक्षण भ्रमण गरेका छन्।
टोलीमा संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल लगायत सहभागी रहेको संघले जनाएको छ।
भूकम्पले क्षतिग्रस्त लाप्राक नमूना गैरआवासीय नेपाली संघको सहयोगमा निर्माण भइरहेको छ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुको सहयोगमा निर्माण भई रहेको नमूना बस्तीको काम अन्तिम चरणमा पुगेकोमा निर्मांण कार्यमा संलग्न हुने र सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरे।
यस्तै, पूर्व अध्यक्ष जीवा लामिछानेले वस्तीको निर्माण कार्यमा केही ढिलाई हुन गएता पनि अब लगभग सकिएकोले आफ्नो घर तथा आगनको सजिसजावट र निर्माण कार्यमा सहभागी हुने उपयुक्त अवसर भएकोले लाभग्राहीहरुलाई यस अवसरको उपयोग गर्न सुझाव दिए।
संघका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परिश्रमबाट यो बस्ती निर्माण भएकोले यस प्रति सधैँ संघको लगाव रहने र भविष्यमा पनि यस बस्तिमा गैरआवासीय नेपालीहरुको आगमन निरन्तर रहेने बताए।

प्रतिक्रिया