कारोबार


एलजीको फ्रि एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन हुने

एलजीको फ्रि एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन हुने

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ११:२३,

विगत ४ दशकदेखि नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल एलजी ब्राण्डले फेरि ग्राहकमाझ ‘फ्रि एसी सर्भिस एवं एक्चेन्ज क्याम्प २०२१’ कार्यक्रम तथा योजनाको घोषणा गरेको छ।

यस कार्यक्रम योजनाअन्तर्गत ग्राहक वर्गहरुले कुनै पनि ब्राण्डको एसीमा फ्रि सर्भिसिङ पाउनुका साथै आप्mनो पुरानो एसी. साट्न चाहेमा उचित मूल्याङकनसहित एलजीको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन्।

यो सुविधा र सर्र्भिस ग्राहक वर्गहरुले घरमै बसी बसी लिन सक्नेछन्।

उक्त सुविधा लिनको लागि ग्राहकहरुले ९८०३६२१९२४, ९८६४४७५५६९ फोन नं. मा अथवा सर्भिस डट सपोर्ट एटदरेट चौधरीग्रुप डट कममा इमेलमार्फत रजिस्टर्ड गराउनुपर्नेछ।

थप सुविधा प्रदान गर्दै एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्मको छुट पाउनुका साथै नयाँ एसी खरिद गर्दा विशेष छुट, निःशुल्क सर्भिस चार्ज, पुरानो ए.सी.मा उचित मूल्याङकन पनि एल.जी.ले प्रदान गरेको छ।

यो योजना सीमित अवधिकोे लागि नेपाल अधिराज्यभर लागू गरिएको कम्पनीले जनाएको छ।

नेपाली ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले एल.जी.ले यस्ता कार्यक्रमहरु विगतका वर्षहरुमा पनि आयोजना गर्दै आइरहेको छ।

नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्स रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad