महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (साधारण सेयर) बाँडफाँट भएको छ।
बिक्री प्रबन्धको जिम्मेवारी पाएको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार १५ लाख ४० हजार ३५ वटा आवेदन परेको थियो।
तीमध्ये ३७ हजार ५ सय जनाले १०÷१० कित्ता सेयर पाएका हुन्।
आवेदन दिनेमध्ये ३३ सय ५३ जनाको आवेदन रद्द र ५४ हजार ९ सय ६० जनाको आवेदन कित्ता रद्द भएको थियो। यसमा १५ लाख ३६ हजार ६ सय ८२ को आवेदन स्वीकृत भएको थियो भने २ करोड ३६ लाख ९२ हजार ६ सय ३० कित्ता स्वीकृत भएको थियो।
लघुवित्तको सेयर माघ ८ गते धितोपत्र बोर्डले अनुमति दिएको थियो। सार्वजनिक र कर्मचारीलाई ३ करोड ८० लाख रुपैयाँको कुल ३ लाख ८० हजार कित्ता सेयर बिक्री गरिएको हो।

प्रतिक्रिया