ad ad

कारोबार


अदुवाको भाउ घट्दा किसान निराश, गत वर्षभन्दा ५ गुना कम मूल्य

अदुवाको भाउ घट्दा किसान निराश, गत वर्षभन्दा ५ गुना कम मूल्य

नेपालखबर
फागुन १२, २०७७ बुधबार ४:८,

अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराश बनेका छन्। गत वर्ष प्रतिमन (४० किलो) छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन एक हजार मात्र हुँदा किसान निराश भएका हुन्।

गत वर्ष भाउ धेरै पाउँदा हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन बीउ अदुवाको सिजनमा पनि भाउ उल्लेखीय थियो । पछिल्लो समय भारतीय बजारमा अदुवा सस्तिएसँगै नेपाली बजारमा पनि भाउ कम भएको हो।

गत वर्ष अदुवाले राम्रो मूल्य पाएपछि फाकफोकथुम गाउँपालिकाका किसान गिरिजा खनालले सदाको भन्दा धेरै खेती गरेका थिए। यस वर्ष ह्वात्तै भाउ घट्दा अदुवाको लागत मूल्यसमेत नउठेको उनले बताए।

अदुवाको भाउ सधैँ अस्थिर हुन्छ । एक वर्ष आए अर्का वर्ष नआउने भएकाले सोचेझैँ आम्दानी लिन नसकिएको किसानहरुले बताएका छन्। इलाममा उत्पादन हुने अदुवाको ठूलो परिमाण भारत निकासी हुन्छ । अन्य खेती विस्थापित गरेर अदुवा खेती लगाए पनि लागतअनुसारको मूल्य नपाउँदा निरास हुनुपरेको फाकफोकथुमकै अर्का किसान गुरुभक्त नेपालले बताए

अघिल्लो वर्ष भारतले निकासीमा अवरोध गरेपछि उत्पादित अदुवा निर्यातमा समस्या थियो । व्यावसायिक किसानको सावाँसमेत नउठेपछि धेरैले यस वर्ष अदुवा खेती नै गरेका छैनन् । अदुवा फागुन, चैत महिनामा रोपिन्छ । रोपिएको बीउ अदुवा नै माउको रूपमा झिकेर बेच्ने गरिन्छ।

गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । भारतकै कारण यस वर्ष भाउ नआएको इलाम नगरपालिकास्थित बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेलले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .