आज (फागुन ११) देखि सुरु हुने दराज हाट बजारमा अब रु एक मा नै डिशहोमको फाइबर नेटको ६ महिनाको प्याकेज जित्न सकिनेछ।
नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम बीचको सहकार्य अनुरुप दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाइबर नेटको प्याकेज खेल १ रुपैयाँको गेममा भाग लिएर जित्न सकिने व्यवस्था मिलाइएकाे छ।
यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्वो प्याकेज पनि आकर्षक छुटमा दराज मार्फत खरिद गर्न सकिनेछ।
ग्राहकहरुलाई थप सेवा सुविधा दिने उद्देश्यले डिशहोमले दराजसँगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मूल्यमा अनलाइन मार्फत खरिद गर्न सकिने व्यवस्था गरेको छ।
यसबाट ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन र प्याकेजहरु आकर्षक छुट मूल्यमा सजिलै अनलाइन मार्फत पनि खरिद गर्न सक्नेछन्।

प्रतिक्रिया