बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्तर्गत श्री अपांगता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ।
बैंकका संचालक प्राडा हेमराज सुबेदीले एक कार्यक्रमकाबीच अपाङ्गता संरक्षण नेपालका प्रमुख बिरोध खतिवडालाई सेतो छडी हस्तान्तरण गरेका हुन्।
बैंकद्वारा हस्तान्तरण गरिएको उक्त सेतो छडीले दृष्टिविहीन व्यक्तिहरुलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जिवनयापन सहज बनाउन सहयोग मिल्ने विश्वास बैंकले लिएको छ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया