अटो


फोटोन भ्यानमा अब सय प्रतिशतसम्म फाइनान्सिङ

फोटोन भ्यानमा अब सय प्रतिशतसम्म फाइनान्सिङ

नेपालखबर
फागुन ५, २०७७ बुधबार १२:१९,

नेपालका लागि फोटोन ब्रान्डका कमर्शियल भेहिकलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि प्रा. लि.ले नेपालमा भर्खरै सार्वजनिक गरिएको भ्यु सीएस२एल भ्यानमा एक सय प्रतिशत फाइनान्सिङको अफर लागू गरेको छ।

फोटोनको भ्यु सीएस२एल भ्यान नेपालको पहिलो र एक मात्र १८–सिटे भ्यान हो।

एमएडब्लु वृद्धिले विभिन्न फाइनान्सिङ पार्टनरहरुसँग सहकार्य गरेर फोटोनको भ्यु सीएस२एल भ्यान खरिद गर्न चाहने ग्राहकलाई एक सय प्रतिशतसम्म फाइनान्सिङको सुविधा दिएको हो। यो सुविधा उपभोग गर्ने ग्राहकले अधिकतम ७ वर्षको ऋण अवधि पाउनेछन्। यो अफरले व्यवसायिक प्रयोजनका लागि भ्यान खरिद गर्न खोजिरहेका ग्राहकलाई सहज बनाउने अपेक्षा गरिएको छ।

फोटोन भ्यु सीएस२एल नेपालमा भर्खरै सार्वजनिक भएको १९–सिटे भ्यान हो जसमा विश्वमै सबैभन्दा बढी विश्वासिलो आईएसएफ २.८ लिटरको कमिन्ज इन्जिन राखिएको छ। यसमा रहेको थप तीन वटा सिटले गर्दा दुई गुणा बढी आम्दानी हुन्छ।

यो भ्यानमा डुअल एअरब्याग, इबीडीसहितको एबीएस, फोल्डेबल सिट, क्यामेरासहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डेर रनिङ लाइट जस्ता बेस्ट इन क्लास फिचर छन्।

फोटोन मोटर ग्रुप संसारकै अग्रणी अटोमोबाइल कम्पनी हो जसले ट्रक, बस, एसयुभी र कृषिजन्य मेसिनहरु उत्पादन गर्छ। सन् १९९६ मा स्थापना भएको फोटन मोटर ग्रुपका उत्पादन एकसय १० मुलुकमा उपलब्ध छन् भने विश्वका २७ वटा स्थानमा एसेम्ब्ली प्लान्ट छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad