ad ad

कारोबार


सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि सेयर जारी गर्ने

सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि सेयर जारी गर्ने

नेपालखबर
फागुन ३, २०७७ सोमबार १०:३७,

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

आम्रपाली ब्याङक्वेट, नक्साल, काठमाडौंमा आइतबार सम्पन्न सभामा सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल हुनुका साथै प्रस्तावहरु पारित भएका कम्पनीले जनाएकाे छ।

सो सभाले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक सेयर (आईपीओ) जारी गर्ने निर्णय पारित गरेको हो।

पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको छ।

त्यसै गरी सभा मार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण कार्यको लागि पुनः वर्तमान लेखापरीक्षक देवकी बिजय एण्ड कं., चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिएको छ।

सोहि सभाबाट सर्वसाधारणहरुको लागि सेयर जारी गर्ने निर्णय समेत पारित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .