लर्डबुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) र दि एसोसिएशन अफ चार्टेड एकाउण्टेन्टस् अफ नेपाल (एक्यान) बीच शैक्षिक सहकार्यका लागि सम्झौता भएको छ।
सम्झौताअनुसार, लर्ड बुद्ध एजुकेसन फाउण्डेसन अन्र्तगतको कलेज फर प्रोफेशनल स्टडिजमा सञ्चालित ‘एमबीए’ कार्यक्रममा अध्ययन गर्ने एक्यानका सदस्यहरुलाई ट्यूशन फीमा २५ प्रतिशत छात्रवृत्ति उपलब्ध हुनेछ। छात्रवृती दि एसोसिएशन अफ चार्टेड एकाउण्टेन्टस् अफ नेपाल (एक्यान)को सिफारिशको आधारमा उपलब्ध गराइने छ।
सम्झौता पत्रमा फाउण्डेसनका तर्फबाट अध्यक्ष पंकज जालान र एक्यानका तर्फबाट अध्यक्ष आनन्द शर्माले हस्ताक्षर गरेका थिए।
यो एमबीए कार्यक्रम वर्किङ प्रोफेशनलहरुको लागि विकएण्ड मोडमा सञ्चालित रहेको कलेजले जनाएको छ। विकएण्ड मोडमा विद्यार्थीहरुले शुक्रवार र शनिवार मात्रै कलेज आउनुपर्ने हुन्छ। शुक्रबार बेलुका ४ः३० बजे देखि ८ः३० बजेसम्म र शनिबार विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म कक्षा सञ्चालन हुनेछ।
लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीहरुलाई ११ वटा अनलाईन लाईब्रेरीकोहरुको पहुँच उपलब्ध हुनेछ।
काठमाडौंको मैतीदेवीमा अवस्थित नेपालकै प्रथम आइटी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन मलेसियाको एसिया प्यासिफिक यूनिभर्सिटीको सम्बन्धन प्राप्त संस्था हो।
लर्डबुद्धबाट हालसम्म करिब आठ हजार भन्दा बढी व्यक्तिले सूचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरि सकेका छन्।
नेपाल सरकार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले साे संस्थालाई यी कार्यक्रमहरु सञ्चालन गर्ने अनुमति प्रदान गरेकोे छ र त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेको छ।

प्रतिक्रिया