कारोबार


३ अर्ब लगानीमा पाल्पाको वसन्तपुर डाँडामा केबलकार बन्ने, भोलि प्रधानमन्त्रीबाट शिलान्यास

३ अर्ब लगानीमा पाल्पाको वसन्तपुर डाँडामा केबलकार बन्ने, भोलि प्रधानमन्त्रीबाट शिलान्यास

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार १२:१५,

करिब ३ अर्ब लगानीमा बुटवलको उत्तरी चुरेदेखी पाल्पाको वसन्तपुर डाँडासम्म केबलकार शनिबार शिलान्यास हुँदै छ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नलागेका हुन्।

नेकपा ओली समूहले फागुन १ गते बुटवटलमा आमसभा गर्दै छ। उक्त सभालाई सम्बोधन गर्न जानलागेका प्रधानमन्त्रीले स्थानीयको समेत लगानी भएको लुम्बिनी केबलकार प्रालिको उद्घाटन गर्ने आईएमई ग्रुपले जानकारी दिएको छ।

सरकारले रुपन्देही र पाल्पाअन्तर्गत पर्ने ६.७ हेक्टर बन क्षेत्रको प्रयोगका लागि स्वीकृति दिइसकेको छ।

केबलकार करिब ३ किलोमिटरको हुनेछ। केबलकारको अन्तिम स्टेसन पाल्पाको बसन्तपुरमा पाँचतारे होटल समेत निर्माण हुने बताइएको छ ।

वसन्तपुरमा मनोरञ्जन पार्क, पिकनिक स्पट पनि रहेको केबलकारमा १७ वटा डब्बा हुनेछन्।

एक डिब्बामा ८ जना चढ्न सकिन्छ। लुम्बिनी केबलकार प्रालि २ वर्षमा सकिने कम्पनीले बताएको छ ।

आइएमई ग्रुपले काठमाडौंको चन्द्रागिरिमा केबलकार सञ्चालन गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad