छापा खबर


शिक्षकको कुटाइबाट १४ वर्षीय बालकको मृत्यु

शिक्षकको कुटाइबाट १४ वर्षीय बालकको मृत्यु

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार १:४०,

झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ। शिक्षकको कुटाइबाट ती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।

कनकाई नगरपालिका-६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो। उनी कक्षा ४ मा अध्ययनरत थिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

राजवंशीको मृत्युपछि विद्यालयको कार्यालय सहायक (खरिदार) पदमा कार्यरत रविन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ१८ गते राजवंशीलाई कुटपिट गरेका थिए।

 शिक्षकको कुटाइबाट विद्यार्थीको कान सुन्निएपछि उपचारका लागि तत्काल स्थानीय कामेश मेडिकल लगिएको थियो। मेडिकलमा सामान्य उपचारपछि उनलाई घर पठाइएको थियो। घर पुगेपछि पनि बालकले आफूलाई शिक्षकले कुटेको कुरा अभिभावकसँग बताएनन्। तर, घरमा कान झनै सुन्निन थालेपछि आफन्तले बारुलाले टोकेको होला भनेर बालकका साथीसँग सोधपुछ गरेका थिए। त्यसपछि राजवंशीका साथीले उनलाई शिक्षकले कान मोलेर यस्तो भएको बताएका थिए।

बालकको स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएपछि थप उपचारका लागि तत्काल बिर्ता सिटी हस्पिटल लगिएको थियो। तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि बी एन्ड सी पुर्‍याइएको जानकारी विद्यालयका एक शिक्षकले जानकारी दिए।

त्यहाँ पनि उपचार सम्भव नभएको भन्दै बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेज पठाइएको थियो। तर, अस्पताल पुर्‍याएर उपचार सुरु गरेलगत्तै विद्यार्थीको मृत्यु भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad