ओपोले चचियाङ विश्वविद्यालयका साथमा ओपो–चचियाङ युनिभर्सिटी ज्वाइन्ट ईन्नोभेशन सेन्टर, कलर रिसर्च ल्याबको औपचारिक स्थापनाको घोषणा गरेको छ।
ल्याबको मूल उद्देश्य वैज्ञानिक अनुसन्धान अन्वेषण र प्राविधिक नवप्रवर्तन, उद्योगकै अग्रणी प्राविधिक मानक स्थापनाका साथै कलर साइन्सका क्षेत्रमा प्रतिभा विकासका लागि टेवा पुर्याउनु हो। प्राविधिक नवप्रवर्तनका क्षेत्रमा चेचियाङ युनिभर्सिटी विश्वकै अग्रणी विश्वविद्यालयमा पर्छ। सन् २०२० क्यूएस वल्र्ड युनिभर्सिटी र्याकिंङ अनुसार यो ५३औँ स्थानमा रहेको छ।
संयुक्त अनुसन्धान परियोजना अन्तर्गत ओपो र चचियाङ युनिभर्सिटीले आधारभूत रंग विज्ञानका विषयहरु, रंग प्रविधि, प्राविधिक मानक र प्रतिभा विकासका लागि अध्ययन कार्य गर्नेछ। ल्याबले आधारभूत रंग विज्ञान अन्तर्गत आफ्नो अनुसन्धानलाई निरन्तरता दिँदै बृहत्त कलर भिजन डाटाबेसको स्थापना गर्नुका साथै, भिज्यूअल फञ्शन र कलर मोडल्सको विकास गर्दै तिनका ब्यवहारिक अनुप्रयोगका बारेमा अध्ययन गर्नेछ।
ल्याबको अर्को प्रमुख लक्ष्यका रुपमा उद्योगकै अग्रणी उत्पादनहरुको डिजाइनमा उच्च गुणस्तरीय रंग ब्यवस्थापन क्षमताका साथै कलर इन्जिनियरिङ अन्तर्गतका ब्यवहारिक समस्याको समाधानार्थ एक्स्क्ल्यूजिव कलर टेक्नोलोजी प्ल्याटफर्मको स्थापना हो।
ओपोले वैज्ञानिक प्रतिभा तथा क्षमताको विकासका लागि सक्दो भूमिका निभाउने सोचका साथ बिस्तृत योजनाको खाका तयार पारेको छ। सान्दर्भिक प्रशिक्षण कार्यक्रमहरु मार्फत विलक्षण प्रतिभा भएका इन्जिनियर्सलाई ओपो आरएण्डडी समूहमा प्राथमिकताका साथ प्रवेश दिँदै तिनलाई आफ्ना सैद्धान्तिक अवधारणाहरुलाई ब्यवहारमा उतार्न सहयोग प्रदान गर्नेछ।
‘वर्षौंको नवप्रवर्तनका कारण ओपोसँग स्मार्टफोन डिस्प्ले र कलर म्यानेजमेन्ट टेक्नोलोजी अन्तर्गत फुल–पाथ कलर म्यानेजमेन्ट सिस्टम जस्ता पर्याप्त विशेषज्ञता र बृहत्त उपभोक्ता अन्तरदृष्टि छ’, ओपोका डिरेक्टर अफ फोटोग्राफी ईगल झुले भने, ‘उपभोक्तालाई जीवनका रंगीनपलहरु अझ जीवन्तताका साथ कैद गर्न सघाउने अत्याधुनिक प्राविधिक समाधानहरु उपलब्ध गराउन डा. मिङ रोनियर लुओ र उनका टिमसंग सहकार्य गर्न हामी निकै उत्साहित छौँ।’
‘कलर र ईमेजिङ अनुसन्धानका क्षेत्रमा कलर रिचर्स ल्याबले महत्वपूर्ण सफलताहरु प्रस्तुत गर्नेमा हामी विस्वस्त छौँ। साथै, यसका माध्यमबाट मानव केन्द्रित उत्पादन तथा प्रविधिहरु विशिस्त कलर क्वालिटीका उपलब्ध गराउनपनि उल्लेख्य सहयोग मिल्नेछ’, चचियाङ युनिभर्सिटीको कलर एण्ड ईमेजिङ साईन्सका प्राध्यापक डा. मिङ रोनियर लुओले भने।
कलर एण्ड ईमेजिङ टेक्नोलोजीका क्षेत्रमा ओपोको अन्वेषणको निकै लामो ईतिहास छ। कम्पनीले भरखरै ओपो ईन्नो डे २०२०मा ओपो फुल-पाथ कलर म्यानेजमेन्ट सिस्टम अनावरण गरिसकेको छ।
सत् प्रतिशत डीसीआई-पीथ्री वाइड गामुट र १०-बिट कलर डेप्थ सपोर्ट गर्ने यो एण्ड टू एण्ड सोल्यूशन, ओपो फुल पाथ कलर म्यानेजमेन्ट सिस्टमले आफ्नो पहिलो ब्यवसायिक उपस्थिती यही बर्षको पहिलो क्वार्टरमा ओपोको २०२१ फ्ल्यागशिप फाइन्ड एक्सथ्री मार्फत जनाउने छ। नयाँ कलर रिसर्च ल्याबले कलर र ईमेजिङ ईन्नोभेशनका क्षेत्रमा ओपोको स्थानलाई अझ माथि पुर्याउने विश्वास लिइएको छ।
प्राविधिक विकासले प्रत्येक ब्यक्तिलाई फाइदा पुग्नुपर्ने ओपोको मान्यता रहँदै आएको छ। कम्पनीले भविष्यमा पनि आफ्ना शैक्षिक साझेदारहरुसँग नजिक रहेर सहकार्य गर्दै कलर एण्ड ईमेजिङ टेक्नोलोजी क्षेत्रमा अझ उल्लेख्य विकासहरु प्रस्तुत गर्दै जानेछ।

प्रतिक्रिया