कारोबार


आगालागी पछि बन्द सेवा सुचारु गर्ने प्रयासमा सुविसु

आगालागी पछि बन्द सेवा सुचारु गर्ने प्रयासमा सुविसु

नेपालखबर
साउन २२, २०७६ बुधबार १४:१६,

आगलागी पछि बन्द भएको आफ्नो सेवा सुचारु गर्ने प्रयासमा सुविसु केवुल नेट प्रालि लागि परेको छ। आफ्नो हेड अफिसमा आगलागी भई टीभी सेवा र इन्टरनेट सेवा बन्द भएपछि थापाथलीबाट सेवा सञ्चालन गर्ने प्रयासमा कम्पनी जुटेको हो। आगलागीले देशभरको टीभी सेवा र बालुवाटार आसपासमा इन्टरनेट पनि बन्द भएको थियो।

त्यसलाई सुचारु गर्ने प्रयासमा कम्पनी जुटेको सुविसु केवल नेटवर्क प्रालिका सुधीर पराजुलीले नेपालखबरलाई जनाकारी गराए। उनका अनुसार बालुवाटार आसपास क्षेत्रमा आगलागीका कारण अवरुद्ध भएको सबै इन्टरनेट सेवा एक घण्टाभित्र सुचारु भएको थयो। बालुवाटारको हकमा र टीभी सेवा भने आज राति अबेरसम्ममा सूचारु गराउने गरी काम सुरु गरिएको छ।

सुविसुको बालुवाटारस्थित मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो १२ बजेतिर आगलागी भएकाे थियाे। आगो नेपाल प्रहरी र सशस्त्र प्रहरीले जुद्ध बारुण यन्त्रको सहयाेगमा करिब साढे १ बजेतिर नियन्त्रणमा लिएका थिए।

अध्यक्ष पराजुलीका अनुसार क्षतिको यकिन विवरण आइसकको छैन। आगलागी भएको स्थानमा अहिलेसम्म प्रवेश नगरिएकोले कति क्षति भयाे भनेर आकलन गर्न नसकिएको उनले बताए। भोलि सम्ममा क्षतिको विवरण संकलन हुने छ।

बीमा कम्पनीले पनि आगलागीबाट भएको क्षतिकाे अनुगमन गरेको छ। बीमा कम्पनीकाे अध्ययनपछि यकिन विवरण आउने उनी बताउँछन्। सुविसुको बीमा शिखर इन्सुरेन्स कम्पनीमा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad