कारोबार


कृषिमन्त्री अर्याल भन्छिन्ः किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउँदै छु

कृषिमन्त्री अर्याल भन्छिन्ः किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउँदै छु

नेपालखबर
माघ २७, २०७७ मंगलबार ६:५१,

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा कुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताएकी छिन्।

मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानको पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने बताउँदै बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको बताएकी हुन्।

उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने उनको भनाइ छ।

उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा बिक्री हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने उनले बताइन्।

मन्त्री अर्यालले भोलि जुनसुकै परिस्थिति आउँदा पनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने बताइन्। किसानलाई मलको अभाव हुन नदिने उनको भनाइ छ। अहिले गहुँ लगाउने सिजनमा पनि मल पर्याप्त रहेको र किसानले सहज ढंगले मल पाएको उनको दाबी छ।

मन्त्री अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारमा अनुगमनका क्रममा व्यवस्थित ल्याब रहेको भेटेको बताइन्। छिट्टै परीक्षण गरी खराब चिजहरुलाई नियन्त्रण गरी उपभोक्ताको जान नदिन फास्टट्रयाकबाटै काम भएको पाएको उनको भनाइ छ।

उनले कालीमाटी बजारको फोहोर व्यवस्थापनलाई वैज्ञानिक हिसाबले व्यवस्थापन गर्ने चुनौती रहेको पनि बताइन्। त्यस्तै केही स्टलहरुको बेथितिलाई नियन्त्रण गरी प्रणालीमा ल्याउनुपर्ने उनको भनाइ छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारको साधारणसभासम्म मन्त्रालय र बजार व्यवस्थापन बसेर बेथिति अन्त्य गरी व्यवस्थित गराउनको निम्ति योजना लिएर आउने मन्त्री अर्यालले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .