बैंक अफ काठमाण्डू लिमिटेड र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ।
सम्झौता पश्चात् ग्राहकहरुले डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १० प्रतिशत छुट पाउनेछन्। डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया