ad ad

कारोबार


नेकपाको तरल राजनीतिबारे उद्योगीहरु भन्छन्ः कतैपट्टि पनि छैनौँ

नेकपाको तरल राजनीतिबारे उद्योगीहरु भन्छन्ः कतैपट्टि पनि छैनौँ

नेपालखबर
माघ २३, २०७७ शुक्रबार १२:४५,

नेपाल उद्योग परिसंघले उद्योगीहरु नेकपाको तरल राजनीतिमा दुवै पक्षमा नरहेको स्पष्ट पारेको छ।

परिसंघ र नेपाल आर्थिक पत्रकारबीच भएको छलफलमा परिसंघका अध्यक्ष सतिश मोरले पछिल्लो समय नेकपामा देखिएको पक्ष र विपक्षतर्फ संकेत गर्दै कतैपट्टि पनि नभएको बताएका हुन्।

नेकपाको प्रचण्ड र माधव नेपाल पक्षले बिहीबार गरेको आमहडताल र ओली पक्षले शुक्रबार गरेको आमसभा दुवैमा समर्थन नभएको उनले बताए।

परिसंघ जहिले पनि आर्थिक क्रियाकलापहरु चलायमान बनाउन चाहने सस्था भएको उनको जिकिर छ। त्यस्ता क्रियाकलापले आर्थिक क्रियाकलापलाई असर गर्ने उनले बताए।

नेपालले विकास मात्रै चाहेको बताउँदै उनले अर्थतन्त्र चलायमान बनाउन सबैले योगदान गर्नुपर्ने बताए।

देशले वस्तु उत्पादनमा जोड दिएको हो भने सरकारले पनि त्यहीअनुसारको नीति अघि सार्नुपर्ने र त्यसमा सहयोग मिडियादेखि सबैले सहयोग गर्नुपर्ने बताए।

आर्थिक पत्रकार र आर्थिक पत्रकारिता भनेको त अर्थतन्त्रको मेरुदण्ड नै भएको उनले जानकारी गराए।

उनले भने, ‘मिडियाले जे लेखाइदिन्छ, त्यो आम बुझाइ हुन्छ, त्यसकारणले गर्दा उद्योगी र मिडियाकर्मीबीच सकारात्मक सहकार्यको आवश्यकता छ।’

उक्त कार्यक्रममा परिसंघका उपाध्यक्ष राजेश अग्रवालले सरकारी निकायमा काम गर्ने र पत्रकारिता गर्नेले सकारात्मक सोच राख्नुपर्ने बताए।

राज्यलाई फाइदा हुने, कुल अर्थतन्त्रलाई फाइदा हुने कुरा छ भने तत्काल गलत देखिएको विषयहरुलाई स्किप गरेर पछि अघि बढ्न सक्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .