कारोबार


सेयरबजारमा ६५ अंकको उछाल, साढे ८ अर्बको किनबेच

सेयरबजारमा ६५ अंकको उछाल, साढे ८ अर्बको किनबेच

नेपालखबर
माघ २०, २०७७ मंगलबार ९:३६,

आज सेयरबजारमा ६५.४९ अंकको उछाल आएको छ। सोसँगै नेप्से २४७३.७३ विन्दुमा रोकिएको छ।

आज २०० कम्पनीको १ करोड ४९ लाख कित्ताभन्दा धेरै सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। दिनभरिमा ७३ हजार ९१ पटक खरिदबिक्रीसँगै कुल ८ अर्ब ३९ करोड ४३ लाखको सेयर कारोबार भएको हो।

बजार खुलेदेखि नै उकालो लाग्नेक्रममा नेप्से २५०० विन्दुनजिक पुगेको हो। कारोबारमा सामेल १२ समूहमध्ये होटल ६२ अंकले घटे पनि बाँकी सबै समूहको कारोबार सूचक हरियो रहे। आज निर्जीवन ६२६.२ र जीवन बीमा ५९४.२४ अंकले बढेको नेप्सेले जनाएको छ।

साताको तेस्रो कारोबार दिन आज नेपाल पुनर्बीमा कम्पनी ५७ करोडको कारोबारसँगै सर्वाधिक कारोबारकर्ता बनेको छ भने ग्लोबल आईएमई बैंकको ५३ करोडको, नेपाल टेलिकम ३८ करोड, शिखर इन्स्योरेन्सको ३४ करोडको, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २५ करोडको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २५ करोडको सेयर कारोबार भएको छ।

आज कमाउने लगानीकर्ता भने युनाइटेड इन्स्योरेन्स कम्पनीका छन्। कम्पनीको सेयर प्रतिकित्ता ६३ रुपैयाँ बढेको छ। त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले पनि प्रतिकित्ता ८४ रुपैयाँ कमाएका छन्।

यसबाहेक सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीले आज १ सय ८८ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन् भने जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका सेयरधनीले २ सय ८१ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्।

आज २५ भन्दा बढी कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो। आज गुमाउने लगानीकर्ताले ४.१५ प्रतिशतसम्म घाटा व्यहोरेको नेप्सेले जनाएको छ। नेप्सेका अनुसार १३८ कम्पनीको सेयर बढेको छ भने २४ वटाको घटेको छ। त्यस्तै ११ कम्पनीको सेयर आज अपरिवर्तित अवस्थामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad