ad ad

समाज


सजाय र थुनामुक्त गराइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

सजाय र थुनामुक्त गराइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

नेपालखबर
माघ १९, २०७७ सोमबार ७:३४,

विना कारबाही सजाय र थुनामुक्त गराइदिने भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका–६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–४ भोलेनी घर भएका ३३ वर्षीय वीर बहादुर तामाङ र सूर्यविनायक नगरपालिका–६ बस्ने रामेछाप सुनपाती गाउँपालिका–७ घर भएका २७ वर्षीय ग्याल्छेन लामा छन्।

गत कात्तिक १६ गते भक्तपुर सूर्यविनायक नगरपालिका–६ गणेश मन्दिरनजिकबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले धावा लामा र राज कुमार घिसिङलाई सुनौलो कछुवासहित पक्राउ गरेको थियो।

पक्राउ परेका उनीहरुलाई विना कारबाही सजाय र थुनामुक्त गरादिने विश्‍वास दिलाई ग्याल्छेन र वीर बहादुरले नगद २ लाख १० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको सूचनापछि महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले वीर बहादुरलाई शुक्रबार र ग्याल्छेनलाई शनिबार पक्राउ गरेको हो।

पक्राउ ग्याल्छेन र वीर बहादुरउपर जिल्ला अदालत भक्तपुरबाट ठगी कसुरमा ५ दिन म्याद थप गरी अनसुन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .