सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सेवाग्राही सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न इन्टरनेट सेवाप्रदायक संघ, संस्थाहरुलाई निर्देशन दिएका छन्।
इन्टरनेट सेवाका सम्बन्धमा चर्को गुनासो आईरहेका बेला मन्त्री गुरुङले सेवाग्राहीलाई सन्तुुष्ट हुने गरी सेवाप्रवाह गर्न सेवापदायक संघ, संस्थाहरुलाई सचेत गराएका हुन्। उनले इन्टरनेट सेवाप्रदायक संस्थाहरुले गुणस्तरीय सेवाप्रवाह गरे, नगरेको अनुुगमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई सचेत समेत गराए।
‘टावर राखिएका होलान्, अप्टिकल फाईबर बिच्छयाउने काम पनि गरिएको होला’ बिहीबार सिंहदरबारमा आयोजित इन्टरनेट सेवाप्रदायक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने, ‘तर ग्राहकलाई सन्तुष्ट बनाउने गरी सेवा सेवाप्रवाह गर्न नसकेको यथार्थलाई स्वी कार गरेर सेवाप्रवाहको कामलाई गुणस्तरीय बनाउनइन्टरनेट सेवाप्रदायक संघ, संस्थालाई आग्रह गर्दछुु।’
मन्त्री गुरुङले इन्टरनेट सेवालाई सस्तो र गुुणस्तरीय बनाएर जनतालाई खुसी बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै सोही लक्ष्य पूरा हुने गरी सेवा प्रदायकहरुले काम गर्नुपर्ने पनि स्पष्ट पारे।
उनले ‘डिजिटल नेपाल’बनाउने परिकल्पना साकार पार्ने गरी पूर्वाधार निर्माणका लागि पूूर्वाधार कम्पनी स्थापना गर्ने योजना सार्वजनिक गर्दै त्यसमा साथ दिन निजी क्षेत्रका सेवा प्रदायक संघ, संस्थाहरुलाई अनुरोध गरे। दूर्गम क्षेत्रमा कोभिड १९ पछि इन्टरनेट सेवाको आवश्यक्ता झनै बढेर गएको स्मरण गराउँदै मन्त्री गुरुङले त्यसै अनुसारको योजना बनाएर काम गर्नुपर्नेमा जोड दिए।
उनले इन्टरनेट सेवाको विस्तार तथा गुणस्तरीय सेवाका लागि आवश्यक सुुझाव दिन सेवाप्रदायक संघ, संस्थाहरुलाई पटक पटक ध्यानाकर्षण गराए।
कार्यक्रममा बोल्दै एनसेल, वल्डलिंक, सुविसुु केवलनेटलगायतका इन्टरनेट सेवाप्रदायक संघ, संस्थाहरुले सस्तो र गुुणस्तरीय सेवा प्रवाहकालागि आवश्यक वातावरण बनाईदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए।
Shares

प्रतिक्रिया