काठमाडौंको असनमा रहेको अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक महिला पुजारी नियुक्त गरिएको छ।
गुठी संस्थानले सहनशीला शर्मा झालाई पुजारीस् नियुक्त गरेको हो। झाले आफू पहिलो महिला पुजारी भएको दाबी गरेकी छन्।
गुठी संस्थानले एक वर्ष परीक्षणकाल रहनेगरी पाँच वर्षका लागि उनलाई पुजारी नियुक्त गरेको हो। गुठी संस्थानले शर्मालाई दरबन्दी अनुसारको नित्य र पर्वपूजा बापतको खर्च पाउने व्यस्था समेत मिलाएको नियुक्तिमा उल्लेख छ।
पहिलो पटक महिला पूजारीको रुपमा नियुक्त भएपछि सहनशीलाले सामाजिक सञ्जालमा छोरालाई मात्रै पुजारी बनाउने परम्परालाई आफूले जितेको भन्दै खुशी व्यक्त गरेकी छन्।
‘कुनै पनि महिलालाई पुजारी नियुक्ति गर्ने गुठी संस्थानमा रहेनछ। तर मैले उहाँहरुलाई किन हुँदैन त भन्ने प्रश्न राख्दा महिला पुजारी हुन मिल्दैन भन्ने जवाफ पाएँ। तर पनि प्रयास गरिरहेँ। आज नियुक्ति पत्र पनि पाएँ’ उनले लेखेकी छन्, ‘सधैँ छोरालाई मात्रै पुजारीको अधिकार दिइन्थ्यो।आज मैले यो परम्परालाई जितेँ। मेरो पुर्खा पक्कै पनि खुशी हुनेछन् होला।’
उनले आफू नेपालकै पहिलो महिला पुजारी भएको दाबी गर्दै आफैलाई प्रश्न गरेकी छिन्। उनले भनेकी छिन्, ‘ सायद म नेपालकै पहिलो महिला पुजारी नियुक्त भएको हो किरु अरु कोही हुनुहन्छ। थाहा भएन।’


प्रतिक्रिया