हिमालयन बैंक लिमिटेडले इस्टर्न एजेन्सी प्रालिका ग्राहकहरुलाई सवारीसाधन खरिदका लागि सहुलियत दरमा सवारीसाधन कर्जा उपलब्ध गराउने भएको छ।
बंैक र सो कम्पनीबीच यससम्बन्धी सम्झौतापत्रमा २०७७ साल माघ ९ गते हस्ताक्षर भएको हो।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरेका छन्।
हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध छ।

प्रतिक्रिया