पहेँलो धातु सुनको मूल्य तीन सय रुपैयाँ सस्तो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार उक्त दरमा सस्तो भएको छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सोही सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुन पनि सोही दरमा घटेर आज ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको छ। शुक्रबार ९२ हजार ४ सय रुपैयाँ प्रतितोला मूल्य थियो।
चाँदीको मूल्यमा भने आज कुनै फेरबदल नभएको महासंघले जनाएको छ। आज पनि चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस १८ सय ५६ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
3
Shares

प्रतिक्रिया