कारोबार


कोरोना खोप बनाउने सिरम इन्स्टिच्युट अफ इन्डियामा भएको आगलागीले हजार करोडकाे क्षति

कोरोना खोप बनाउने सिरम इन्स्टिच्युट अफ इन्डियामा भएको आगलागीले हजार करोडकाे क्षति

नेपालखबर
माघ १०, २०७७ शनिबार ३:३१,

भारतकाे पुणेस्थित कोरोनाविरुद्ध खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा बिहीबार भएको भीषण आगलागीबाट हजार करोड भारतीय रुपैयाँ बराबरकाे आर्थिक नाेक्सान भएकाे छ।

कम्पनीका कार्यकारी अधिकृत (सीईओ) अदार पुनावालाले आगलागीबाट हजार करोडभन्दा बढीको सम्पत्ति क्षति भएको जानकारी दिएका हुन्।

तर कोरोनाविरुद्ध खोपको आपूर्तिमा भने यसले कुनै असर नपरेको उनले बताए। सिरम कम्पनीमा बिहीबार भीषण आगलागी हुँदा ५ जनाको मृत्युसमेत भएको थियो।

कम्पनीका सीईओ पुनावालाले भनेका छन्, ‘यसको असर कोरोनाविरुद्ध खोप उत्पादनमा पर्दैन। हामीले धेरै कारखानाबाट खोप बनाइरहेका छौं। तर बीसीजी इन्जेक्सनको आपूर्ति प्रभावित हुन सक्छ। यस घटनाबाट ठूलो आर्थिक क्षति भयो।’

यसैबीच सीईओ पुनावालाका पिता एवं कम्पनीका सीएमडी सायरस पुनावालाले आगालगीमा परी मृत्यु भएका पाँच जनाका परिवारलाई जनही २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad