कारोबार


आज भरतपुरका १५ ठाउँमा ७ घण्टा र काठमाडौंका ५ स्थानमा १ घण्टा बिजुली बन्द हुने

आज भरतपुरका १५ ठाउँमा ७ घण्टा र काठमाडौंका ५ स्थानमा १ घण्टा बिजुली बन्द हुने

नेपालखबर
माघ १०, २०७७ शनिबार २:५९,

आज (शनिबार) बागमती प्रदेशअन्तर्गत भरतपुर महानगरपालिकाका १५ स्थानमा ७ घण्टा र काठमाडौंका ५ ठाउँमा १ घण्टा बिजुली बन्द गरिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार भरतपुर महानगरपालिका वडा नम्बर १६, १७ र १८ मा पर्ने गुञ्जनगर, विष्णुचोक, भुवनवस्ती, वडा नम्बर १९ का शारदानगर सहर, हिमाली चोक तथा वडा नम्बर २६ का हिरापुर, सिमरी, सिसुवार, सिसाई र कोइलामा दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् बन्द गरिने भएको हो।

यसैगरी काठमाडौंका महाराजगन्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमति फाँट र गोल्फुटारमा अहिले बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत् कटौती गरिने प्राधिकरणले जनाएको छ।

हेर्नुहाेस्, विद्युत् प्राधिकरणले निकालेकाे विद्युत् कटाैतीकाे सूचना :

prasuu

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad