प्रभु बैंक लिमिटेडले डोल्पा जिल्लाको शे फोकसुण्डो गाउँपालिका–७ स्थित साल्दाङ्गमा १९२ औँ शाखाको रुपमा शे–फोकसुण्डो शाखा कार्यालय र तनहुँ जिल्लाको बन्दीपूर गाउँपालिका–१ स्थित डुम्रेमा १९३औँ शाखा कार्यालयको रुपमा डुम्रे शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ।
बैंकको शे–फोकसुण्डो शाखा कार्यालयको उद्घाटन शे–फोकसुण्डो गाउँपालिकाका अध्यक्ष टसि तुण्डुप गुरुङ्गबाट एक समारोहकाबीच भएको हो। त्यसैगरी डुम्रे शाखा कार्यालयको उद्घाटन बन्दीपूर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले गरे।

आजदेखि सञ्चालमा आएका शे–फोकसुण्डो तथा डुम्रे शाखा कार्यालयबाट प्रवाह हुने प्रभु बैंकको बैंकिङ्ग सेवाबाट दुवै क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ।
साथै शे–फोसुण्डो शाखा सञ्चालन पश्चात् नेपाल राष्ट्र बैंकद्धारा प्रभु बैंकलाई तोकिदिएको स्थानीय निकायमा खोल्नु पर्ने सबै शाखा खोलीसकी सञ्चालनमा रहेको बैंकले जनाएको छ।

प्रतिक्रिया