महालक्ष्मी विकास बैंक लि. ले काठमाडौं महानगरपालिका–२९, ठमेलमा नयाँ शाखा कार्यालय बिस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ।
उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९८ पुगेको छ।
महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तार गरी ९८ वटा शाखाबाट करिब ५ लाख भन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ।
बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया