कारोबार


स्टक एक्सचेन्जसँग रसुवागढी र सान्जेनको सेयर सम्झौता

स्टक एक्सचेन्जसँग रसुवागढी र सान्जेनको सेयर सम्झौता

नेपालखबर
साउन २०, २०७६ सोमबार १३:४४,

 नेपाल स्टक एक्सचेन्ज लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडबीच सेयर सूचीकरण सम्झौता भएको छ।

यो सम्झौतासँगै रसुवागढी हाईड्रो पावर लिमिटेड र सान्जेन जलविद्युत् कम्पनीले मंगलबारदेखि नै दोश्रो बजारमा सेयर कारोबार गर्ने बाटो खुलेको छ। दुबै कम्पनी र नेपाल स्टक एक्सचेन्जबीच सोमबार दोश्रो बजारमा सेयर सूचीकृत गर्ने सम्बन्धी सम्झौता भएको हो।

सेयर सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र रसुवागढी हाईड्रोपावर कम्पनिको तर्फबाट कार्यकारी अधिकृत विश्व मल्ल तथा सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। सेयर निष्कासन तथा बाँडफाँड भएको झण्डै साढे ३ महिनापछि मात्रै यी दुई कम्पनीको शेयर पूँजी बजारमा सूचीकृत भएको हो। रसुवागढीले १ सय ११ मेगावाटको रसुवागढी र सान्जेनले ५७ दशमलब ३ मेगावाटको सान्जेन र माथिल्लो सान्जेन निर्माण गरिरहेको छ।

नेपाल स्टक एक्सचेन्ज र रसुवागढी हाईड्रोपावर कम्पनि बीच प्रति शेयर अधिक तथा चुक्ता मुल्य १ सय कायम भएको ६ करोड १५ लाख ७८ हजार ९ सय कित्ता शेयर सूचीकरणको सम्झौता भएको छ। त्यसैगरी सान्जेन जलविद्युत् कम्पनीको ३ करोढ २८ लाख ५० हजार कित्ता शेयर सूचीकरण सम्झौता भएको छ।

रसुवागढीको सूचीकृत शेयर मध्ये सर्वसाधरण तर्फको १ करोड २ लाख ६३ हजार १ सय ५० र संस्थापक शेयरमा ३ करोड ४८ लाख ९४ हजार ७ सय १० कित्ता रहेको छ। कर्मचारी सञ्चयकोषमा रकम संचित गर्ने सञ्चयकर्ता कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी र संस्थापक संगठित संस्थाका कर्मचारीहरु समेत गरी १ करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर पनि सूचीकृत भएको छ। यो कम्पनीले आगामी असार भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।

त्यसैगरी सान्जेनको सर्वसाधरण तर्फको ५४ लाख ७५ हजार कित्ता शेयर, कम्पनीलाई ऋण दिने संस्थाको ३ लाख ६५ हजार, संस्थापक शेयरधनी संस्थाका कर्मचारीको १२ लाख ७७ हजार ५ सय, संञ्चयकोषमा रकम संचित गर्ने सञ्चयकर्ता कर्मचारीको ७१ लाख १७ हजार ५ सय कित्ता शेयर सुचिकृत भएको छ।

दुई कम्पनीको शेयर कारोबार सुरु भएसँगै दोश्रो बजारमा तरलता उत्पन्न भई लगानीकर्ताको मनोबल बढ्ने अपेक्षा नेप्सेले गरेको छ।

नेप्सेका अनुसार सान्जेनको शेयर कारोबार ९६ दशमलब ३१ देखि २ सय ८८ दशमलब ९६ रुपैयाँ र रसुवागढीको ९७ दशमलब २९ देखि २ सय ९१ दशमलब ८७ रुपैयाको सिमाभित्र हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad