ad ad

कारोबार


केन्ट सुप्रिम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइन नेपाली बजारमा, यस्तो छ मूल्य

केन्ट सुप्रिम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइन नेपाली बजारमा, यस्तो छ मूल्य

नेपालखबर
माघ ७, २०७७ बुधबार ७:३८,

नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको ईओएल प्रालिले केन्ट सुप्रिम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइन गरी दुई आरओ मोडेल नेपाली बजारमा ल्याएको छ।

कम्पनीका अनुसार केन्ट सुप्रिम लाइटको बजार मूल्य २१ हजार ९ सय ९० रुपैयाँ र केन्ट ग्रान्ड प्लस अल्कलाइनको बजारको मूल्य २९ हजार ९ सय ९० रुपैयाँ रहेको छ।

केन्ट सुप्रिम लाइटमा केन्टको खनिज आरओ टेक्नोलोजी र टीडीएस नियन्त्रकको साथ छ। यस शुद्धीकरणले पानीबाट हुने रोगहरूबाट जोगाउने कम्पनीले जनाएको छ। यसले पानीलाई शुद्ध गरेर यसको अत्यावश्यक प्राकृतिक खनिजहरूलाई यथावत् राख्ने कम्पनीको दाबी छ। केन्ट सुप्रिम लाइट सबै खालको पानीको शुद्धीकरणको लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ।

यसमा भएको आरओ+ यु.एफ.+ टीडीएस नियन्त्रणको बहुशोधन प्रक्रियाले पिउने पानीलाई शतप्रतिशत शुद्ध र पिउनयोग्य बनाउँछ। यस प्रक्रियाले आर्सेनिक, रस्ट, कीटनाशक, र फ्लोराइड जस्ता विघटित अशुद्धताहरू हटाउँछ र पानी पिउन योग्य बनाउन ब्याक्टेरिया र भाइरसहरूलाई पनि नष्ट गर्दछ।

केन्ट सुप्रिम लाइट पूर्ण स्वचालित स्वतः अन र अफ (बन्द) कार्यक्षमताको साथ आउँछ। ट्यांकी भरिएपछि शुद्धीकरण स्वचालित रूपमा बन्द हुन्छ र पुनः सुरु हुन्छ जब पानीको स्तर अधिकतमभन्दा तल खस्छ।

केन्ट ग्रान्ड प्लस अल्कलाइन
केन्ट ग्रान्ड प्लस अल्कलाइनले शतप्रतिशत शुद्ध र खनिजयुक्त शुद्ध पानी प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा केन्टको खनिज आरओ टेक्नोलोजी रहेको छ। नेपाली घरहरू र कार्यालयहरूको लागि उपयुक्त, यो उपकरण सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त छ।

केन्टको उत्कृष्ट अल्कलाइन आरओ प्युरिफायरले पानीको पीएचस्तर कायम राख्दछ। यसले पानीको पीएचस्तर ८.० देखि ९.० को बीचमा समायोजन गरेर पानीलाई क्षारीय बनाउँछ।
केन्ट ग्रान्ड प्लस अल्कलाइन इन–ट्याङ्क यु.भी. कीटाणुशोधन सुविधाको साथ सुसज्जित छ। भण्डारण ट्याङ्कीमा यु.भी. एल.ई.डी.ले लामो समयको लागि पानी शुद्ध राख्दछ। 

केन्ट आर.ओ. प्युरिफायरहरूलाई डब्ल्यूक्यूए को अन्तर्राष्ट्रिय प्रसिद्ध गोल्ड सील र एनएसएफ, (संयुक्त राज्य अमेरिका) बाट प्रमाणपत्र प्रदान गरिएको छ। साथै केन्टले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कार र मान्यता प्राप्त गरेको छ।

केन्टका पानी प्रशोधक (प्युरिफायर) अतिरिक्त, एयर प्युरिफायर, कीटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .