कारोबार


पहिलोपटक चीनको मकाउ उड्दै वायुसेवा निगमको जहाज

पहिलोपटक चीनको मकाउ उड्दै वायुसेवा निगमको जहाज

नेपालखबर
माघ ६, २०७७ मंगलबार ७:१२,

नेपाल वायुसेवा निगमद्वारा सञ्चालित नेपाल एयरलाइन्सको जहाज पहिलो पटक मकाउ उडान भर्दै छ।

निगमको न्यारोबडी ३२० जहाज आज मंगलबार उडान गर्न लागेको हो।

नयाँ गन्तव्यको खोजी गर्दै आएको निगमले मकाउमा चार्टर्ड उडान गर्नलागेको निगमले जनाएको छ।

‘निगमले पहिलो पटक न्यारोबडी जहाज मकाउ उडान गर्ने लागेको हो,’ निगमका प्रवक्ता करिश्मा श्रेष्ठले भनिन्, ‘नयाँ गन्तव्यमा उडान गर्न पाउनु नेपाल वायु सेवा निगमको लागि थप उपलब्धि हो।’

निगमले न्यारोबडीको मकाउ उडान चार्टर्ड भए पनि थप गन्तव्य विस्तार गर्न सहयोग पुग्ने बताएको छ ।

‘चार्टर्ड उडान धेरै ठाउँमा हुन्छन्। तर नयाँ गन्तब्यमा चार्टड उडान हुनु भनेको अन्तराष्ट्रिय समुदायमा नेपाल वायुसेवा निगमको विश्वास बढ्दै जानु हो,’ प्रवक्ता श्रेष्ठले भनिन्।

उनका अनुसार त्रिभुवन विमानस्थलबाट मंगरबार राति ११ बजेर ३५ मिनेटमा उडान भर्दै छ। बुधबार विहान १० बजेर ५० मा काठमाडौं फर्किने उडान तालिका रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad