नेपाल मैदा उद्योग संघको २२औं वार्षिक साधारण सभाले कुमुदकुमार दुगडलाई आगामी २ वर्षको लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ।
सभाले प्रथम उपाध्यक्षमा दिनेशकुमार अग्रवाल, दित्तिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ।
अध्यक्ष दुगड बिगतमा २ कार्यकाल संघको अध्यक्ष भइसकेका थिए। सभाले संघको नयाँ नेतृत्वको लागि पुनः उनलाई नै निर्विरोध चयन गरेको हो।
सभाले निम्न प्रस्तावहरु पारित गरी सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ।
१) मूल्य अभिवृद्धि करका कारण आयातित मैदासँग प्रतिस्पर्धा गर्न नसकेको हुँदा मु.अ. कर छुटमा विचार गरि दिन नेपाल सरकार समक्ष अनुरोध गर्ने।
२) मैदा नेपालमै आत्मनिर्भर भैसकेको हुँदा अन्य मुलुकबाट आयात हुने मैदा पूर्ण बन्देज हुनु पर्ने।
३) कच्चा पदार्थ गहुँ र तयारी वस्तु मैदा आयात गर्दा भन्सार मूल्याङ्कन कमसेकम दुई तहले फरक हुनु पर्ने।
४) गहुँ र मैदा आयात गर्दाको भन्सार शुल्कको फरक कम भएकोले कम्तिमा पनि दुई तह फरक हुनु पर्ने।
५) गहुँ आयातमा ५ प्रतिशत कृषि सुधार शुल्क उद्योगकै नाममा गहुँ आयात गर्दा १ प्रतिशत हुन पर्ने। कमसेकम या अफ सिजनमा भएपनि स्वदेशी उद्योगलाई सहुलियत दरमा गहुुँ आयात गर्न पाउनु पर्ने।
६) फ्लोर फोर्टिफिकेशन आयातित मैदामा पनि हुनु पर्ने।
७) नेपालमा गहुँ उत्पादन बढाउन किसान, सरकार र व्यवसायिको सहकार्य गर्दै जाने।
८) मैदा निर्यातमा दिँदै आएको निर्यात अनुदानलाई पुन: ५ प्रतिशत कायम हुनु पर्ने। जसले गर्दा स्वदेशी मैदा विदेश निर्यात हुने।

प्रतिक्रिया