कारोबार


माउन्टेन इनर्जीको सञ्चालक समितिमा रचना अधिकारी नियुक्त

माउन्टेन इनर्जीको सञ्चालक समितिमा रचना अधिकारी नियुक्त

नेपालखबर
माघ १, २०७७ बिहिबार १५:१०,

माउन्टेन इनर्जी नेपाल लिमिटेडले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेकोे छ। आम्रापाली ब्याङक्वेट क्याटरिङ्ग एण्ड इभेन्ट, भाटभटेनीमा सम्पन्न साधारण सभाले सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने गरी सेयरधनी रचना अधिकारीलाई सञ्चालक पदमा नियुक्त गरेको छ।

कम्पनीले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ आसाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७६-०७७ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ।

साधारण सभाले आ.व. २०७७-०७८ मा लेखा परीक्षण कार्य गर्नका लागि बि.आर.पाण्डे एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ।

साथै सभाले अध्यक्ष तथा संचालकहरुलाई प्रति बैठक रु ५ हजार भत्ता समेत उपलब्ध गराउने प्रस्ताव समेत पारित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad