कारोबार


नबिल बैंकद्वारा ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव

नबिल बैंकद्वारा ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव

नेपालखबर
पुस २९, २०७७ बुधबार १५:५०,

नबिल बैंकको ३६औँ साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बसेको बुधबार साधारण सभा बसेकाे हाे।

साधारण सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार साधारण सभामा पेश गरेअनुसार आर्थिक वर्ष २०७६-७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ।

विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ।

साधारण सभाबाट सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्विरोध निर्वाचित भएका छन्।

आ.व. २०७६-७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ३ अर्ब ४६ करोड हासिल गर्न बैंक सफल भएको छ। बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३७ अर्ब पुर्‍याएको छ। समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको शेयर पूँजी यस वर्ष रु. १३ अर्ब ४८ करोड नाघेको छ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौड्यालले भने, ‘नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्‍याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं। हामी ठूलो बैंकसँगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा छौ। बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा लागेको छ। बैंकले स्थापनाकालदेखि हालसम्म रू.२१ अर्ब भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ।’

उनल थपे, ‘वास्तविक अर्थतन्त्रलाई सहयोग पु¥याई समग्र अर्थतन्त्रको सुखद भविष्यको लागि हाम्रा प्रयासहरुलाई अझ बलीयो बनाउँदै लैजाने हामी प्रतिबद्धता व्यक्त गर्दछौँ। त्यसैगरी, हामी हाम्रा सेयरधनीहरु, ग्राहकवर्गहरु, नियामक निकायहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुमाझ यो बैंक सबल र सक्षम रहेको र हालको जस्तो अप्ठ्यारो परिस्थितिमा पनि आफ्नो सकारात्मक सोच एवं परिवर्तनलाई ग्रहण गर्न सक्ने क्षमताका माध्यमबाट उत्कृष्ट कार्यसम्पादन गर्न तयार रहेको व्यहोरा अवगत गराउन चाहन्छौँ। साथै, हामी यस किसिमका चुनौतिहरुलाई अवसरमा बदल्नका लागि पनि पूर्ण रुपमा तयार रहेको जानकारी गराउन चाहन्छौँ।’

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad