नेपालको चर्चित इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले ग्राहकहरुलाई एसी इन्भर्टरलगायतका सामान खरिदमा पैसा बचत हुने सुविधा ल्याएकाे छ।
अबदेखि सीजीले कुनै पनि इन्भर्टर वाल माउन्ट एसी, स्प्लिट टाइप एसी तथा अन अफ वाल माउन्ट स्प्लिट टाइप एसीहरुको खरिदमा निःशुल्क जडान गर्ने भएको हाे।
कम्पनीका अनुसार ग्राहकहरुले जडान गर्दा लाग्ने २ हजार ५ सय रुपैयाँबराबरको खर्च जोगाउन सक्नेछन्।
यी एसीहरु जाडो र गर्मी दुवै मौसममा प्रयोग गर्न मिल्नुका साथै बिजुलीको पनि कम खपत गर्ने कम्पनीले जनाएको छ। यो जाडो याममा जीवन सरल, सहज बनाउदै विद्युतमा पनि बचत गराउनु यी एसीहरुको विशेष उद्देश्य रहेको छ।
साथ साथै यी एसिहरुमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाडौं क्षेत्रभित्र २४ घण्टाभित्र नै जडान गरिदिने व्यवस्था पनि रहेको सीजीले जनाएको छ।

प्रतिक्रिया