कारोबार


नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा सुरु

नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा सुरु

नेपालखबर
पुस २७, २०७७ सोमबार १०:५१,

नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा सुरु गरेको छ।

अनलाइन रजिष्ट्रेसन सेवाको सुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको छ।

यसको लागि योजनामा सहभागी हुनको लागि कोषको वेबसाइटमा गएर इसर्भिस हुँदै न्यु इसर्भिस लगइनपछि रजिष्ट्रार फर पेन्सन योजनामा गएर वा इसर्भिसन्यु डट एलएलके डट ओआरजी डट एनपी/पोर्टल/स्किमएकाउन्टओपनिङकेवाईसीएमास्टर/क्रिएटमा लगइन गरी सहभागी हुन चाहनेले पोर्टलमा उल्लेख गरेअनुसारको विवरण भरेपछि अनलाइन सेवा लिन सक्नेछन्।

यो योजना सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको योजना भएको हुँदा इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुक व्यक्तिहरुले सजिलै सहभागी हुन सक्नेछन्।

योजनामा आय आर्जन गर्ने जो सुकै, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एबं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्नेछन् ।

यसमा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रुपैँया देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक÷त्रैमासिक÷अर्धवार्षिक÷वार्षिकरुपमा पनि रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ ।

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्र्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्षपश्चात् समेत एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भूक्तानी लिन सक्नेछन्।

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउन सक्ने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad