कारोबार


इन्टिग्रिटी आइकन२०२० सार्वजनिक, को–को छानिए?

इन्टिग्रिटी आइकन२०२० सार्वजनिक, को–को छानिए?

नेपालखबर
पुस २७, २०७७ सोमबार ७:१३,

यस वर्ष पनि अकाउन्टेबिलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टिग्रिटी आईकन २०२० लाई सार्वजनिक गरेको छ।

इन्टिग्रिटी आईकन सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी वहन गरी उदाहरण प्रस्तुतगर्ने कर्मचारीलाई प्रोत्साहनगर्ने र निष्ठापूर्ण समुदायनिर्माण गर्न थलिएको खुला अभियान हो। सात वर्षअगाडि नेपालबाट सुरु भएको अभियान हाल विश्वका १२ मुलुकमा पुगिसकेको छ।

यस वर्षका इन्टिग्रिटी आईकनहरूलाई देशभरबाट प्राप्त १५०२ मनोनयनबाट निर्णयक समितिले छनौट गरेका थिए।

निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, अधिकारसम्पन्न संघीय प्रशासनिक पुनः संरचना सहजीकरण समितिका अध्यक्ष एवं प्रशासनविद् काशिराज दाहाल, पूर्र्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र आइआईडीएस सेन्टर फर गभर्नेन्सका निर्देशक सुचिता प्याकुरेल रहेका थिए।

को को छानिए?
आरती थारु, जनस्वास्थ्य निरीक्षक, नेपालगञ्ज स्वास्थ्यचौकी : प्युठानजस्तो विकट ठाउँमा कार्यरत हुँदाउनले सुत्केरी महिलाकालागि गरेको काम उल्लेखनीय छ। उनले त्यहाँ रहँदा, सुत्केरी सेवा सबैको पहुँचमा पु¥याउन बर्थिङ सेन्टर सबैको पायक पर्ने ठाउँमा राख्न अग्रणी भुमिकानिर्वाह गरिन् ।हाल नेपालगञ्जमा रहँदा कोभिड – १९ महामारीको समयमा उनले क्वारेन्टिनमा काम गर्दा देखाएको साहस, आइसोलेसन र होम आईसोलेशनमा बस्ने संक्रमितलाई गरेको सेवाको सबैले प्रसंशा गरेका छन्। 

दिपक ज्ञवाली, महाशाखा प्रमुख, उद्योग, पर्यटन, वन तथावातावरण मन्त्रालय, लुम्बिनी प्रदेश, बुटवल : दिपक ज्ञवालीले बनलाई आयस्रोतको माध्यम बनाउन सकिन्छ, अतिक्रमित वन राज्यको नाममा फिर्ता गर्न जोखिमको सामना गर्न सक्नुपर्दछ र समुदाय र विशेष गरेर महिला समुह परिचालन गरेर तस्करीलाई निरुत्साहन गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गरेका छन्। टिम वर्कमाविश्वास गर्ने र जिम्मेवारी बाँडफाँट गरेर काम गर्ने भएकोले उनी कार्यरत कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्दै आइरहेका छन्। 

हेम बहादुर आले मगर, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, ओखलढुंगा : हेम बहादुर आले मगरले कृषकलाई दिगो व्यावसायिक खेतीगर्ने तालिम दिन फार्म स्कुल सञ्चालनमा ल्याए । त्यसबाट कृषकले खेतीगर्ने तरिका र प्रविधिको उचितप्रयोग गरेर आयआर्जन गर्नसके । त्यसै गरेर, कृषकको समस्याबुझेर समाधानगर्न निमितअगुवा कृषक गोष्ठीको आयोजना गरे। वास्तविक कृषकको पहिचान गरेर प्रभावकारी स्रोत परिचालनगर्नमापनिउल्लेख्य काम गरे। 

मञ्जु महत, अधिकृत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिका, अछाम : मञ्जु महतले अछाममा घरेलु हिँसा र छाउपडी प्रथाकमगर्न र बालबालिकाको नेतृत्वविकास गर्नमा ठुलो योगदान गरेकी छिन्। यदि कुनै महिलाले घरेलु हिंसाको सामना गरिन् भने सबैले पहिलो पटक सम्झिने नाम हो मञ्जु महत। पहिला वस्तु स्थिति बुझ्ने, व्यावहारिक कार्ययोजना बनाउने र त्यसको प्रभावकारी कार्यान्वयन गर्नु उनको कार्यशैली हो।

डा. नविनबन्धु पहाडी, शिक्षक, नीलकण्ठ उच्च माध्यमिक विद्यालय, धादिङ : पहाडीले धादिङमा दलित र सीमान्तकृत समुदायका बालबालिकाको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ति तथा संस्थासँगको सहकार्यमा विद्यालय स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। त्यसैगरी आमाबाबु गुमाएका बालबालिका अभावका कारण पढाइबाट वञ्चित नहोऊन् भन्नका लागि बाल अनाथाश्रम पनि सञ्चालन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad