कलिउड र बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालालाई आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।
योसँगै अभिनेत्री कोइराला कम्पनीको जीवन बीमाको ब्रान्ड दूतको भूमिकामा रहने कम्पनीले जनाएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र अभिनेत्री कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
कोइरालाले आईएमई लाइफको ब्रान्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्नेछिन्। कोइरालाले ब्रान्ड दूत बनेपछि छरिएर रहेको पुँजीलाई एकीकृत गरी राष्ट्र निर्माणमा टेवा पु¥याउने अवधारणा बोकेको आईएमई लाइफसँग साझेदारी गर्न पाउँदा खुसी रहेको बताइन्। कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
त्यस्तै कम्पनीका सीईओ फुयाँलले कोइरालासँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए। उनले भने, ‘उहाँ दृढ विश्वासी, क्षमतावान्, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएको तथा हरेक नेपालीका लागि आदर्श हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो।’
यो सम्झौता यही पुस २४ गतेदेखि नै लागू भएको कम्पनीले जनाएको छ। त्यसैगरी डिजिटल प्रविधिमार्फत सेवा उपलब्ध गर्ने क्रममा आईएमई साथ बोट नामको च्याटबट पनि सञ्चालनमा ल्याएको छ। यसबाट विश्वका कुनै पनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सकिने गरी निर्माण गरिएको कम्पनीको भनाइ छ।

प्रतिक्रिया