कारोबार


काठमाडौं र सिमराबाट यतीको माउन्टेन फ्लाइट, १ घण्टाको उडानमा देख्न पाइन्छ यी दृश्यहरु

काठमाडौं र सिमराबाट यतीको माउन्टेन फ्लाइट, १ घण्टाको उडानमा देख्न पाइन्छ यी दृश्यहरु

वसन्त अर्याल
पुस २६, २०७७ आइतबार १०:१६,

यती एयरलाइन्सको माउन्टेन फ्लाइटले विश्वको सर्वोच्च सगरमाथासहित ७ हजार मिटरमाथिका १२ हिमाल देख्न सकिने व्यवस्था गरेको छ।

कम्पनीले हप्तामा दुई दिन हुने उडानबाट यात्रुलाई नजिकैबाट हिमाल अवलोकन गर्ने व्यवस्था मिलाएको हो।

एयरलाइन्सले काठमाडौंको त्रिभुवन विमानस्थल र सिमरा विमानस्थलबाट यात्रुलाई हिमालको अवलोकन गराउँदै आएको छ। त्रिभुवन विमानस्थलबाटै हप्तामा दुईदिन शनिबार र आइतबार नियमित उडान गर्दै आएको छ भने सिमराबाट ट्राभल एजेन्सी र व्यवसायीको बुकिङको आधारमा उडान भर्दै आएको छ।

माउन्टेन फ्लाइटबाट यात्रुले लाङटाङ हिमालदेखि मकालु हिमाललाई नजिकबाटै देख्न पाउँछन्। यति एयरलाइन्सले सन् २००० देखि नै माउन्टेन फ्लाइट सुरु गरेको थियो। कोभिडका कारण करिब ९ महिना बन्द रहेको माउन्टेन फ्लाइट गत डिसेम्बर ५ देखि पुनः सुरु गरेको हो।

No description available.

सन् २००० मा यतीले माउन्टेन फ्लाइट सुरु गर्दा नेपालका हिमाल अवलोकन गर्ने नेपालीभन्दा विदेशी नै धेरै हुन्थे।

‘सन् २००० यतीले माउन्टेन फ्लाइट सुरु गर्दा विदेशी धेरै हुन्थे। विशेषगरी पश्चिमा देशका यात्रु धेरै हुन्थे। त्यसपछि भारतीय यात्रु समेत आउन थाले’, यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने, ‘त्यो बेला नेपालीहरुलाई एयरलाइन्सहरुको प्राथमिकता हुने थिएन। भाडा समेत महंगो थियो।’

तर पछिल्लो समय विदेशीविना नै नेपालमा माउन्टेन फ्लाइट हुने गरेका छन्। कोभिडपछिको अवस्थामा विदेशी पर्यटक नभए पनि नेपालीहरु माउन्टेन फ्लाइटमा रमाइरहेका छन्।

No description available.

‘अहिले नेपालीलाई भाडा सस्तो पनि भएको छ। एक जना नेपालीले ११ हजार भन्दा बढी रुपैयाँ तिर्थे’, प्रवक्ता बर्तौलाले भने, ‘अहिले दुई जना ९ हजार ८ सय ४८ रुपैयाँमै माउन्टेन फ्लाइट गर्न सक्छन्।’

एक जना मात्रै झ्यालको सिटमा बस्न ८ हजार ८ सय ४८ रुपैयाँ भाडा तोकिएको एयरलाइन्ले बताएको छ। कोभिड यात्रुको चाप हुँदा एयरलाइन्सले हप्ताको ५ उडान गरेको थियो। अहिले शनिबार र अइतबार एटीआर ७२ जहाजमार्फत एक–एक उडान हुँदै आएका छन्।

चाडपर्व विशेषमा समेत माउन्टेन फ्लाइट हुने गरेको छ। क्रिसमसको दिन माउन्टेन फ्लाइट गरेको थियो। त्योबाहेक कुनै ग्रुपले माउन्टेन फ्लाइटको लागि आग्रह गरे उडान भर्ने एयरलाइन्सले जनाएको छ।

No description available.

करिब १ घण्टाको उडानमा के–के हेर्न पाइन्छ?
माउन्टेन फ्लाइटको मुख्य आकर्षण नेपालका हिमाल नै हुन्। नेपालको उत्तरमा रहेका ७ हजार २३४ मिटर उचाइको लाङटाङ, ८ हजार १३ मिटरको गोसाइथान, ७ हजार १३४ मिटरको गौरीशंकर, ७ हजार १८१ मिटरको मेलुङट्से हेर्दै ८ हजार २०१ मिटरको चोयु हिमाल अवलोकन गर्न सकिन्छ।

सगरमाथा पुग्नुअगावै ७ हजार ९५२ मिटरको ग्याचुगकांग, ७ हजार १६१ मिटरको पुमोरी र नुप्तसे हिमाल देख्न सकिन्छ। ८ हजार ८ सय ४८.८६ मिटरको सगरमाथा नुप्से र लोत्से हिमालको बीचमा सगरमाथाको चुचुरो देख्न सकिन्छ। ल्होत्से हिमाल ८ हजार ५१६ मिटरको उचाइ देख्न सकिन्छ।

यी हिमालसँगै नेपालको आकर्षक हिमाल मानिने अमादाब्लाम हिमाल समेत देख्न सकिन्छ। अन्तिममा ७ हजरा ३१९ मिटर अग्लो च्याम्लाङ र ८ हजार ४६३ मिटर उचाइको मकालु हिमालसमेत अवलोकन गर्न सकिन्छ।

No description available.

माउन्टेन फ्लाइटले नेपालका हिमाल मात्रै नभएर नेपालको पहाडी बस्ती कसरी छरिएर रहेको छ। नेपालका हिमाल कसरी बसेका छन्। हिमाली क्षेत्रका घर कस्ता छन् भन्ने समेत जहाजबाट हेर्न सकिन्छ।

नेपाल प्राकृतिक रुपमा कति सुन्दर छ, त्यो माउन्टेन फ्लाइटबाट हेर्न र अनुभूति गर्न सकिन्छ।

त्योसँगै जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लिँदै गएर कालो भएको र हिमाली तथा पहाडी क्षेत्रमा सडक पुर्‍याउँदा पहाड कुरुप भएको समेत देख्न सकिन्छ। काठमाडौंबाट उडान भर्ने तथा ग्राउड गर्ने समयमा काठमाडौंका बस्ती कस्ता छन्, वाग्मती नदीको अवस्थाको समेत राम्ररी अवलोकन गर्न सकिन्छ।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad