त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धककाे जिम्मेवारी प्रतापबाबु तिवारीलाई दिइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समयदेखि रिक्त रहेको महाप्रबन्धक पदमा तिवारीलाई पठाएको जानकारी दिएकाे छ।
तिवारीले विमानस्थल कार्यालयमा प्रवक्ताका रूपमा पनि काम गरिसकेका छन्।
यसअघि तिवारी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक तयारीको लागि नेतृत्व गरिरहेका थिए।

प्रतिक्रिया