मेरिल्यान्डस्थित नेविस्टार नामक एक मार्केटिङ कम्पनीका कर्मचारी परिचय पत्रसहित क्यापिटल भवनमा देखिएका थिए। उनलाई कम्पनीले बर्खास्त गरेको छ।
टेक्ससका पौल डेभिस नामक एक वकिल पनि आफूले काम गर्दै आएको बिमा कम्पनीबाट बर्खास्त भएका छन्। सामाजिक सञ्जालमा डेविसले आफू सो हुलदंगामा सामेल भएको बताएका थिए।
कतिपयलाई राजीनामा दिन लगाइएको छ।
बुधबार संसदको दुवै सदनले जो बाइडेनलाई राष्ट्रपतीय चुनावमा विजयको प्रमाणीकरण गर्ने क्रममा ट्रम्प समर्थकहरुको ठूलो भीड सुरक्षा घेरा तोडेर संसद भवन प्रवेश गरेको थियो। सो भीडले संसदमा तोडफोड गरेको थियो।
राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटमा भएको सो घटनामा हालसम्म पाँच जनाको ज्यान गएको छ। जसमध्ये एक जना प्रहरी छन्।
प्रहरीको मृत्युपछि सो घटनाको हत्यामा अनुसन्धान हुने बताइएको छ। एजेन्सी
Shares

प्रतिक्रिया